स्वउद्यम, स्वरोजगारको नमुना: घरैपिच्छे माछापोखरी

August 20, 2019 |Pahiloclick

 

कावासोती: कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उहाँले माछापोखरी बनाउनुभन्दा पहिले धानखेती लगाउँदै आउनुभएको थियो ।

 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमानासँगै जोडिएको खेतमा धान लगाए पनि कहिल्लै पाकेर पूरै काट्न भने पाउनुभएन । वनबाट आउने गैँडा, बदेल, मयुरलगायतले बालीनास गर्न थालेपछि उहाँले विकल्प रोज्नुभयो ‘माछा पोखरी’ ।

 

वन्यजन्तुले क्षति नपु¥याउने भएकाले उहाँले माछापोखरी निर्माण गुर्नभयो । धान बेचेर मुस्किलले वार्षिक रु ३० हजारसम्म जोगाउने गर्नुभएको उहाँले अहिले माछा बेचेर भने मनग्य आम्दानी गर्न सफल हुुनुभएको छ ।

 

“धान लगायो कहिल्लै पाकेर पूरै भित्र्याउन पाइँदैन थियो, मुस्किलले रु ३० हजारसम्म हुन्थ्यो, अहिले माछापोखरी बनाएपछि आम्दानी पनि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “अहिले माछा बेचेर धान किन्न सजिलो भएको छ ।”

दुई पोखरीबाट वार्षिकरूपमा रु दुई लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । नेपालीजस्तै यहाँ रहेका प्रायः सबैले माछापोखरी निर्माण गरेका छन् । वडा नं ७ र १३ अन्तर्गत पर्ने साँढमा घरैपिच्छे माछापोखरी छन् ।

 

वन्यजन्तुले बालीनालीमा क्षति पु¥याउने भएपछि विकल्पका रुपमा यस टोलका सबैजसोले माछापोखरी निर्माण गरेका छन् । नमूना मध्यवर्ती र कृष्णसार मध्यवर्ती वनअन्तर्गत पर्ने यस क्षेत्रमा १३२ माछापोखरी छन् । करीब ६४ घरपरिवारका कसैका एउटा कसैका दुई वटाका दरले माछापोखरी छन् ।