सात अङ्कले बढेको नेप्सेको कारोबार भने खस्कियो

August 19, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ ः धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १दशमलव८५ बिन्दुले बढेर २६४ दशमलव ९६ मा पुगेको छ ।
नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन ।

आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ ।

सो उपसमूहको शेयर २९दशमलव७८ बिन्दुले घट्दा बैंकिङ ७ दशमलव ३३, होटल ४ दशमलव७४, विकास बैंक १३ दशमलव ४३, जलविद्युत् १ दशमलव १९, वित्त १ दशमलव ०७, उत्पादन ६ दशमलव ९१, अन्य ४ दशमलव ७२, लघुवित्त २१ दशमलव ५१, जीवन बीमा ४४ दशमलव ३२ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले बढेको छ ।

 

स्टकका अनुसार कारोवारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु दुई करोड ५८ लाख ३१ हजार ४२८ बराबरको शेयर कारोवार भएको छ ।

 

त्यस्तै रसुवागढी जलविद्युत् आयोजना रु दुई करोड १५ लाख १६ हजार, एनआइसि एशिया रु एक करोड ७१ लाख ९० हजार, सोल्टी होटल रु एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक रु एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ४६ लाख ९८ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

 

कारोवारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७ दशमलव ५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६ दशमलव ४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६ दशमलव १६, एक्सेल डेभलपमेन्ट बैंक ५ दशमलव ०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ०३ प्रतिशतले कमाएका छन् ।

 

सानिमा इक्विटी फण्ड ३ दशमलव ५७, जोशी हाइड्रोपावर २ दशमलव ८९, युनाइटेड इन्स्योरेन्स २ दशमलव ५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २ दशमलव ५२, बरुण हाइड्रोपावर २ दशमलव २२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १ दशमलव ९६ प्रतिशतले गुमाए ।