प्रधानमन्त्री ओली स्वस्थ भई आजैदेखि सक्रिय हुने

August 16, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं : पछिल्लो पटक प्रधानमन्त्री केपीशर्मा ओली अस्वस्थ भएको खबर सार्वजनिक भइरहेका बेला उनी स्वस्थ रहेको र राजनीतिक भेटघाटमा व्यस्त हुने खबर बाहिरीएको छ ।

ज्वरो आएका कारण पार्टीको सचिवालय बैठक सर्दै गर्दा आजदेखि नै ओलीले नियमित भेटघाट र बैठकमा सहभागी हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

ओलीको अस्वस्थताका कारण पार्टी सचिवालय बैठक आज शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

रिमालले ट्विट गर्दै स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री केही थकित भएको जनाएका थिए ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर गत सोमबारमात्रै स्वदेश फर्किएका थिए ।