प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भने-मेरो स्वास्थ्य सामान्य छ

August 12, 2019 |Pahiloclick

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । आज उनले ट्वीट गर्दै स्वास्थ्य परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभारका साथ आफ्नो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट आजै स्वदेश फर्किएका हुन् ।

उनले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनि स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए ।

सम्बन्धित शीर्षकहरु