जव पशु प्राविधिकले महिलालाई जबरजस्ती विष सेवन गराए…

August 12, 2019 |Pahiloclick

 

रुकुमपश्चिम: एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

 

खड्काले आइतबार स्थानीय एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोप छ । उनको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

 

ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । युवतीको अवस्था खतरामुक्त छ ।