अन्तिम समयमा नेप्से बढ्दा लगानीकर्तामा थपियो झिनो आश

August 12, 2019 |Pahiloclick

काठमाडौं ः आज सोमबार बजार बन्द हुनै लाग्दा नेप्से झिनो अंकले बढेको छ ।

लगातार उतारचढावका बीच नेप्से सूचक ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा आइपुगेको छ ।

१७१ कम्पनीको ३१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१८ लाख २१ हजार ८२२ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहको सेयर खरिदबिक्री भएकामा ७ वटा समूह माथि लागेका छन् भने बाँकी ५ समूहका सूचक ओरालो लागेको छ ।

होटेल समूह २०.५९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ०.४२ अंकले घटेको छ ।

कारोबार रकममा रसुवागढी हाइड्रोपावर अग्रस्थानमा छ । यसको २ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सान्जेन जलविद्युत कम्पनी र प्रभु बैंक परेका छन् । सबैभन्दा धेरै कमाउनेमा नाडेप लत्तुवित्तका लगानीकर्ता छन् । यसको भाउ ९.८९ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा विशाल बजारका लगानीकर्ता रहेका छन् । यसको मूल्य ५.२६ प्रतिशत ले घटेको हो ।
नेप्ने सूचक हरियो भएकाले लगानीकर्तामा झिनो आशा पलाएको छ ।

भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा उत्पन्न अन्योल समाधान हुने भएपछि नेप्सेमा केही सुधार आएको विज्ञ बताउँछन ।

सम्बन्धित शीर्षकहरु