लिने होइन त लक्ष्मी भ्यालु फन्ड–१ को लाभांश

August 12, 2019 |Pahiloclick

काठमाडौं : लक्ष्मी भ्यालु फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्न भोली साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, आज साउन २७ सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन १६ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५५ नगद दिने घोषणा गरेको हो ।

असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको छ ।

सम्बन्धित शीर्षकहरु