काठमाडौँको बिजेश्वरीमा गोली चल्यो, मिलन तामाङ घाइते

August 9, 2019 |Pahiloclick

काठमाडौँ: काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। अपराधी समाउने क्रममा शुक्रबार मध्यान्ह मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाका एसपी केदार ढकालले जनाकारी दिए।

उनले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको बताए। ‘महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको छ’, एसपी ढकालले भने, ‘उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

एसपी ढकालका अनुसार मिलनले रामेछापको एक गाँउपालिका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजीका क्रमका घटना भएको हो ।