बाँध बगाएपछि सिँचाइ समस्या

July 30, 2019 |Pahiloclick

डोल्पा : डोल्पामा निरन्तरको वर्षात्पछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ ।

 

बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो ।

 

त्रिपुराकोटका १०० घरधुरीले प्रयोग गर्दै आएको सिँचाइ कुलोको बाँध बगाएपछि कृषक सिँचाइ सुविधाबाट बञ्चित भएका छन् ।

 

बाँधको पुनःनिर्माणका लागि रु पाँच लाख रकम लाग्ने अनुमान गरिएको स्थानीयवासी दिलबहादुर विष्टले बताउनुभयो ।

 

यस सिँचाइ कुलोबाट माथिल्लो धुमा, घारी धुमी, तल्लो धुमा, सिमलगायत सिञ्चित हुँदै आएको थियो ।