साँखु रुटमा व्यवसायीको मनोमानी, वृद्धदेखि महिलाले पाए सास्ती

July 29, 2019 |अन्जली मोक्तान

 

काठमाडौं : साँखुदेखि– रत्नपार्क –सातदोबाटो र चक्रपथ गुड्ने अधिकांश सार्वजनिक यातायातमा आरक्षित सिटको कानून अझै पनि कार्यान्वयनमा आएको छैन ।

 

विशेषगरी साँखुको रुटमा चल्ने सार्वजनिक सवारी साधानमा यात्रुले आरक्षित सिटको सुविधा उपभोग गर्न पाएका छन ।

 

आरक्षित सिट र त्यसको संख्या तोकिएको भएपनि कानून कार्यान्वयनमा नआएकाले ज्ेयष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, महिला, अझ विशेष गरी बच्चाका आमाहरु मरमा परेका छन ।

 

साँखुको पुकुलाछि निवासी ३५ वर्षीया फुलमाया लामाका अनुसार उनकी छोरी जन्मिएको १५ दिन भयो, गर्भावस्था बेलामा नियमित स्वास्थ्य जाँचका लागि जोरपाटी जानुपर्दा सार्वजनिक सवारीमा कठिन यात्रा गर्नुप¥यो ।

 

त्यस्तै सलम्बुटार बस्ने १९ वर्षकी आशा श्रेष्ठ कामको सिलसिलामा साँखुदेखि न्यूरोड जाँदा साँखुको रुटमा आरक्षण सिटको दुरुपयोग भएको र कतिपय अवस्थामा सर्वसाधारणले आरक्षण सिट छोड्न नमानेको तितो अनुभव पोखिन ।

 

यसैगरी खुलालटारका कपाल सेतै फुलेका ७५ वर्षीय सन्तोष श्रेष्ठ बताउँछन, “ म बुढोका लागि पनि कसैले हाम्रै लागि भनी छुट्याइएको सिट छोड्दैनन, सिटमा बस्नेले देखे पनि नदेखेझै गर्छन  । ”

 

उनले आफ्ना भोगाइ सम्झँदै भने, सहचालकलाई सिट खाली गराइदिनुस भन्दा पनि कसैले कानै थाप्दैनन ।

 

यता शंखरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले भने आरक्षण सिट लागू नभएको भन्ने गुनासो आफूले नपाएको बताए ।

 

उनका अनुसार अन्दाजी एक सयको संख्यामा साँखु रुट भएर सार्वजनिक सवारी साधन दैनिक चल्ने गरेका छन ।

 

यस रुटमा साँखु बस समिति र बाबा गोकर्णेश्वर समिति गरी दुइ वटा यातायात समिति छन ।

 

प्रवक्ता तामाङले जनचेतनाको कमीले गर्दा आरक्षित सिट लागू गर्न कठिनाइ परेको दुखेसो पोख्दै समितिलाई बोलाएर यसबारे छलफल गर्ने प्रतिवद्धता जनाएका छन ।

 

यहाँ चल्ने बसहरुले निर्धारण गरेको स्थानसम्म गाडी नचलाइदिँदा गन्तव्यसम्म पुग्न यात्रुले भोग्दै आएको समस्याका सम्बन्धमा भने ३ महिना अघि नै बिच बाटोमा यात्रुलाई अलपत्र छोड्ने बस व्यवसायीलाई यस्ता क्रियाकलाप रोक्न चेतावनी दिईएको उनले जानकारी दिए ।