सबैको लघुवित्तको आइपीओ बाँडफाँट कहिले ? लगानीकर्ता अन्योलमा

July 25, 2019 |Pahiloclick

काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट अझै अनिश्चित छ ।

 

आज बिहीबार बिहान बाँडफाँट गर्ने तयारी भएपनि नतिजा सार्वजनिक गर्न समस्या भएको सम्बन्धित श्रोतले भनेको छ ।

 

आस्वा नविकरण नगरेका बैंकहरुबाट आएको आवेदनबारे निर्णय हुन नसक्दा आइपिओ बाँडफाँट गर्न गाहे भएको हो ।

 

आइपिओको नतिजा नआएपछि लगानीकर्तामा पनि अन्योलता बढेको छ । सान्जेन र रसुवागढीको आइपिओ बाँडफाँट नहुँदा समस्यामा परेका लगानीकर्ता यसको बाँडफाँट पनि लामो समयसम्म नहुने हुन कि भन्ने अन्योलमा छन ।

 

यसैबीच बाँडफाँटबारे सीडीएससीसँग छलफल भइरहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । आजै यसबारे ठोस निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

सबैको लघुवित्तको आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् ।

 

सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।

 

यसमध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

कम्पनीले आइपीओबाट जम्मा भएको रकममध्ये २ करोड ५० लाख रुपैयाँ कृषि तथा पशुपालन, १ करोड ८० लाख रुपैयाँ खुद्रा व्यापार र १ करोड रुपैयाँ घरेलु उद्योग कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

 

आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।

सम्बन्धित शीर्षकहरु