३ किमि टाढासम्म बाढीले बगाएका दुइको सकुशल उद्धार

July 24, 2019 |Pahiloclick

 

काठमाडौं ः बारबर्दियाको खुन्तिपुरमा बबई नदीमा पानीको बहाव बढेपछि यसले दुई जनालाई आज बिहान बगाएको छ ।

 

नदीमा आएको बाढीले दुई जनालाई ३ किमि टाढासम्म बगाएको थियो ।

 

बगाएका दुई जनालाई दक्षिण गुलरिया बालापुरको विपद उद्धार टोलीले जिवितै उद्धार गरेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सन्चालन केन्द्रले जनाएको छ ।