धनगढीको निलम होटेलमा बम विष्फोट हुँदा एकको मृत्यु

July 19, 2019 |Pahiloclick

काठमाडौं: सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

 

विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

 

 

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो ।

 

 

विस्फोटमा अन्य घाइते को अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ ।

 

 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

 

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।