न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

July 16, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं: छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने मूल लक्ष्यसहित ‘न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना’ सार्वजनिक गरिएको छ ।

 

मंगलबार काठमाडौंका एक कार्यक्रमकाबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सो रणनीतिक योजना सार्वजनिक गरेका छन् ।

समग्र न्यायपालिकाको सुधारका लागि ५ वर्षे रणनीतिसहित तय गरिएको सो रणनीतिक योजना श्रावण १ गतेबाट लागू हुँदैछ । न्यायपालिकाको कामकारबाही छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन, आम जनतामा न्यायमा पहुँच, न्यायिक सुशासन, ब्यवस्थापन तथा न्यायपालिकाप्रतिको जनआस्था बृद्धि गर्ने सम्मको लक्ष्य राखेर रणनीतिक योजना सार्वजनिक गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।

 

कार्यक्रममा बोल्दै प्रधानन्यायाधिश जबराले स्वतन्त्र, निष्पक्ष, सक्षम र प्रभावकारी न्याय प्रणालीको विकास गर्न सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरे ।

 

उनले न्याय सेवामा सबैको पहुँच पु¥याउने गरी तय गरिएको सो रणनीतिक योजना कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग हुने विश्वास पनि व्यक्त गरे । प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको समग्र सुधारका लागि आवश्यक बजेटको व्यवस्था सरकारले गर्ने अपेक्षा पनि गरे ।