बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ३२ बेपत्ता

July 16, 2019 |Pahiloclick

काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।

 

मङ्गलबार दिउँसोसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्। तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।

 

पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ।