काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको शुल्क घटायो

July 14, 2019 |Pahiloclick

काठमाडौँ: पार्किङ शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ ।

 

दुई पांग्रे सवारी साधनको प्रति घण्टाको २५ रुपैयाँका दरले तोकिएको पार्किङ शुल्क घटाएर १५ रुपैयाँ बनाइएको छ ।

 

महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।