कमला, सप्तकोशी र बागमतीमा पानीको बहाव खतराभन्दा माथि, सर्तक रहन सूचना जारी

July 13, 2019 |Pahiloclick

काठमाडौँ: मनसुन सक्रिय भएसँगै निरन्तर वर्षाका कारण देशका विभिन्न खोला र नदीमा बाढी आइरहेको छ ।

 

 

बाढी पूर्वानुमान महाशाखाका अनुसार कमल नदी, बागमती नदी र सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ ।

 

 

महाशाखाका अनुसार सप्तकोशी नदी चतारामा शनिबार बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेको कारण सुनसरी र सप्ती जिल्लाका नदीतटीय क्षेत्रमा बेलकी सम्मै उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

 

 

त्यस्तै, धनुषा तिरिुया बाढी केन्द्रमा कमला नदीको जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । त्यस क्षेत्रमा पनि वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनेहरु दिनभर सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।

 

 

त्यस्तै, कमला नदी पनि उच्च खतराको स्थितिमा रहेको छ । त्यस्तै, बागमती नदीमा पनि जलसतह खतराको तहभन्दा माथि रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।