देशभर बाढी पहिरो, हालसम्म ३ को मृत्यु (सूचीसहित)

July 12, 2019 |Pahiloclick

काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ ।

 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् ।

 

बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ?

मिति २०७६/०३/२७ गते ०७:०० बजे देखि १०:५० बजे सम्मको बिपद घटनाहरु:-

काभ्रे र रामेछापमा ३ जनाको मृत्यु

बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिँदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।