३०० वटा विद्युतीय बस खरिद गर्न सरकारको स्वीकृति

File tape
July 11, 2019 |Pahiloclick

काठमाडौं: सरकारले आफ्नै विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी गराएका हुन् ।

 

कुन प्रक्रियाबाट बस खरिद गर्न लागिएको हो भन्ने सार्वजनिक गरिएको निर्णयमा खुलाइएको छैन ।

 

नेपालले एकैपटक ३ सय वटा सार्वजनिक विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाएपछि बस बेच्न लागि चीनदेखि विभिन्न मध्य एसियाली र युरोपेली देशहरुले गर्भमेन्ट टू गर्भनमेन्ट (जीटूजी)का लागि प्रस्ताव गरेका थिए ।

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले किन्न लागेको ३०० वटा विद्युतीय बसका लागि सरकारले हालसालै मापदण्ड पनि तयार गरेको छ ।

 

 

मन्त्रालयले जीटूजी गर्ने वा टेन्डरमार्फत खरिद गर्ने भन्ने मन्त्रिपरिषदबाटै हुने बताएको थियो । त्यसैअनुरुप बस खरिदको निर्णय भएपनि कुन प्रक्रिया अपनाउन लागिएको हो भन्ने विषय गोप्य राखिएको छ ।

 

 

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावालीका अनुसार सरकारले किन्न भनेको विद्युतीय बस ठूला आधारमा र आधुनिक सुविधा सहितका हुनेछन् । यी बस किन्न मन्त्रिपरिषदले पहिले नै सैद्दान्तिक स्वीकृति दिइसकेको थियो ।

 

विजुली बस चल्न थालेपछि उपत्यकामा वायुप्रदुषण र सार्वजनिक सवारीमा यात्रुलाई हुने सास्ती घट्ने अपेक्षा सरकारको छ ।

 

सरकारले किन्ने विद्युतीय बस कसले सञ्चालन गर्ने भन्ने निक्र्योल हुन बाँकी छ । यस्ता विद्युतीय बस ल्याएपछि कसरी कसले सञ्चालन गर्ने भन्ने विषय पनि टुंगिन बाँकी रहेको छ ।

 

सरकारले हालै नयाँ यातायात व्यवस्था ऐन संसदमा दर्ता गर्ने निर्णय गरेको छ । यसमा अब यायात प्राधिकरण खोल्न प्रस्ताव गरिएको छ ।