जमलमा बिहानै भयानक कार दुर्घटना, मापसे गरेर चलाएको पुष्टी

June 29, 2019 |Pahiloclick

काठमाडौँ: काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना भएको हो ।

 

बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।

 

कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।

मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए । चालकसहित कारमा ३ जना सवार थिए ।

 

चालाक श्रेष्ठ गम्भीर घाइते भए पनि अन्य २ जना सामान्य रहेको प्रहरीले जनाएको छ । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो ।

तस्वीर : नरेश बाबुको फेसबुकबाट