ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा, शेयर लगानीकर्ताले अब ब्रोकरबाटै कर्जा लिने पाउने

June 26, 2019 |Pahiloclick

काठमाडौँ: शेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो ।

 

अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति पाएका हुन् । तिनीहरुलाई बिहीबार नेपाल स्टक एक्सचेञ्जले अनुमति दिने भएको छ ।

 

नेप्सेको अनुसार ब्रोकर नम्बर ५० श्वेता सेक्यूरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ३६ सेक्योर्ड सेक्यूरिटिज, ब्रोकर नम्बर २८ श्री कृष्ण सेक्यूरिटिज, ब्रोकर नम्बर १६ प्राईमो सेक्यूरिटिज र ब्रोकर नम्बर १४ नेपाल स्टक हाउसले पहिलो चरणमा अनुमति पाएका छन् ।

 

यस बाहेक थप ५ वटा कम्पनी राष्ट्र बैंकको स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । राष्ट्र बैंकले स्वीकृति दिए लगत्तै ति कम्पनीहरुलाई पनि अनुमति प्रदान गरिने नेप्सेले बताएको छ ।