बझाङमा जीप दुर्घटनामा ९ जनाको मृत्यु, मृतक सबैको सनाखत

June 17, 2019 |Pahiloclick

बझाङ: बझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

 

जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटनामा ६ जना घाइते भएका छन् । ठूलो वर्षा र हावाहुरी चलेका कारण उद्धारमा कठिनाई भएको घटनास्थलमा रहेका डीएसपी सुर्यबहादुर केसीेले बताए ।

 

उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरिरहेको छ । उद्धारका लागि हेलिकोप्टरको प्रतीक्षा गरे पनि मौसम खराब भएकाले पुग्न सकेको छैन ।