उपसचिव बाबुले १८ वर्षिया छोरीलाई चार वर्षदेखि बलात्कार गरेको खुलासा

June 11, 2019 |Pahiloclick

काठमाडौं: सुन्दा झट्ट अनौंठो लाग्ने तर पत्याउनै पर्ने जब छोरीमाथि एक मन्त्रालयमा कार्यरत उपसचिवले तथा पीताले बलात्कार गरेको आरोप लाग्छ अनि उ पक्राउ पर्छ। त्यस्तै भएको छ ललितपुरको धोबिघाटस्थित उपसचिव पीताको घरमा।

 

पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ ।

 

 

स्थायी घर महोत्तरी भएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

 

 

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

 

तर, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

 

पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् छिन् ।

 

पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।