चार देशका लागि राजदूत सिफारिस, को को परे हेर्नुहोस नामावली

June 7, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

 

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

 

लक्की शेर्पाले राजीनामा दिएपछि अष्ट्रेलियामा राजदूत पद रिक्त थियो । प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छ ।

 

यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए ।

 

स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी एवं हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङ्गछिरिङ शेर्पाकी भतिजि हुन् ।

 

त्यस्तै बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् ।