विद्युतीय सवारी दर्ता नगरी चलाए अव ट्राफिकले सिधै कारवाही थाल्ने

June 6, 2019 |Pahiloclick

काठमाडौँ: यातायात व्यवस्था विभागले दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरहरुलाई कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्राचार गरेको छ ।

 

 

यसअघि विद्युतीय स्कुटर दर्ता गराएर चलाउनुपर्ने नियम थिएन । विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएको छ ।

 

ट्राफिक प्रहरी निर्देशनालयका एसएसपी बसन्त पन्तले विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने बताए ।

 

 

उनले विभागले दिएको समयसिमा सकिएपछि मोटरसाइकल र अन्य सवारीजस्तै ट्राफिकले विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने बताए । उनले भने, ‘समयमै दर्ता गरेर कागजपत्र लिन हामीले प्रचारप्रसार गर्दैछौं ।’