पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ घट्यो, अन्यको मूल्य भने यथावत्

June 5, 2019 |Pahiloclick

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आज मध्यरातबाट लागू हुने गरी मूल्य समायोजन गरेको निगमले निगमले जनाएको छ।

 

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ। मूल्य समायोजनसंगै अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्छ।

 

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरेको निगमले जनाएको छ।

 

निगमका अनुसार अन्य पदार्थको मूल्य यथावत् छ।