काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा कम्तिमा ३ को मृत्यु, उद्धार जारी

May 19, 2019 |Pahiloclick

काठमाडौँ: झापाको काँकड्भिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङमा दुर्घटना हुँदा ३ यात्रुको निधन भएको छ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ ।

अहिले उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।