कोलकातालाई हराउंदै मुम्बई क्वालिफायर चरणमा

May 6, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

एजेन्सी, बैशाख २३: मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरका लागि छनोट भएको छ । आइतबार राति लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान बनाएको हो ।

 

क्वालिफायरमा मुम्बईले चेन्नेई सुपर किंग्ससँग खेल्नेछ । कोलकत्ता भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एक सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ खेले ।

 

उनले ५५ रन बनाएका थिए । सुर्यकुमार यादवले अविजित ४६ र क्विनटन डी ककले ३० रन बनाए । बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा गरेको कोलकत्ताले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमाएक सय सय ३३ रन बनाएको थियो । कोलकत्ताका लागि क्रिस लिनले ४१ रन बनाए ।

 

रोविन उथ्थपाले ४० र नितिश रानाले २६ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिङ्गाले तीन विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको दुई दुई विकेट झारे ।

 

निर्णायक यस खेल हारेपछि कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । कोलकत्ताले पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा छनोट भएको छ । कोलकत्ता र हैदरावादको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा हैदरावाद प्लेअफमा स्थान बनाएको हो ।