बढ्यो पेट्रोल र डिजेल/मटितेलको मूल्य, खाना पकाउने ग्याँस मूल्य यथावत

May 2, 2019 |Pahiloclick

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

 

पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मुल्य लागू निगमले जनाएको छ ।

 

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।

 

पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

 

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएकोले निगमले मूल्य बढाएको जनाइएको छ ।