बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव, राष्ट्र बैंकद्वारा १५ अर्बको रिपो जारी

April 24, 2019 |Pahiloclick

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बुधबार) १५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंकले आज अपराह्न ३ बजे बोलकबोल गर्ने समय तोकेको छ ।

 

वैशाख १८ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।