बाग्लुङमा जन्तीबस दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

April 21, 2019 |Pahiloclick

बाग्लुङ: जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

 

ताराखोला गाउँपालिका १ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावरनजिकै सडकबाट खस्दा काठेखोला ८ का ६४ बर्षका गंगाबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनापछि घाइतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो । बस सडक भन्दा १० मिटर तल खसेको थियो ।