आखिर किन यति गोप्य राखियो नायिका प्रियंका र आयुष्मानको इन्गेजमेन्ट समारोह ?

फोटो: जेनिशा मोक्तानको सामाजिक संजालबाट
July 15, 2018 |Pahiloclick

काठमाडौँ: विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । निकै गोप्य राखिएको सो समारोह शनिवार एक पारिवारिक माहोलकाबीच दुवैले औँठी साटासाट गरी सम्पन्न गरेका छन् ।

नेपाली सेरियल ‘कथा काठमाण्डू’ को छायांकनको बेलादेखि यी दुई प्रेम सम्बन्धमा परेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर सेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् ।

इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति भने तय नगरिएको पारिवारिक श्रोतले बतायो ।

यी दुवैले ‘कथा काठमाण्डू’ सँगै ‘चंगा चेट’, ‘छक्का पञ्जा २’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।