बालक आदित्यले विज्ञानलाई नै चुनौती दिएको प्रधानमन्त्री ओलीको दाबी

April 13, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले फरक शारीरिक क्षमताका बालक आदित्य दाहालको प्रशंसा गर्दै उनले विज्ञानलाई नै चुनौती दिएको दाबी गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा बालक आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गर्दै उनीबारे अध्ययन गरेर निश्कर्ष सुनाउन संसारका वैज्ञानिकलाई चुनौती दिएका हुन् ।

 

भविश्य बताउन सक्ने प्रचार गरिएका आदित्य दाहाललाई यतिबेला ‘बालगुरु’ समेत भन्न थालिएको छ । उनका बारेमा अध्ययन गर्न प्रधानमन्त्री ओली वैज्ञानिकहरुलाई आग्रह गरे पनि बालक आदित्यलाई धर्मगुरुजस्तो ठान्ने र शीर्षनेताहरुसमेत शीर झुकाउँदै शरण पर्ने गरेकाले उनलाई देवत्वकरण गर्न थालिएको प्रष्ट छ । र, यसमा प्रधानमन्त्री ओलीले समेत पुठ दिएका छन् ।

 

कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले आदित्यजस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए ।

 

प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई आदित्यको स्रोतविनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे ।

 

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोतबिनै ज्ञान प्राप्त गरेको र यो अनौठो विषय भएको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्रीले भने, ‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, आदित्यमा विनास्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’