फेरी भक्तपुरमा टिपरले लियो एक को ज्यान, दुई गम्भीर घाइते

April 5, 2019 |Pahiloclick

काठमाडौँ: भक्तपुरको जडीबुटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान २ बजेतिर जडीबुटीस्थित पेट्रोल पम्पअगाडि स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमान घर भएका बालकृष्ण कार्कीको मृत्यु भएको हो।

 

कार्की सवार बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको टिपरले ठक्कर दिएर भागेको हो।

 

स्कुटरमा रहेका अन्य दुई जना घाइते भएका छन्। सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएको प्रहरीले जनाएको छ।

 

ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

गत बुधबार पनि जडीबुटीमै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो।