वर्षाको कारण उपत्यकामा तरकारीको आपूर्तिसंगै मूल्य पनि घट्यो, प्रतिकिलो गोलभेंडाको मूल्य १८ रुपैयाँ

July 14, 2018 |सबित काफ्ले

काठमाडौँ: देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा काठमाडौँमा तरकारीको आपूर्ति घटेको छ ।

पछिल्लो एक हप्तामा कालिमाटी फलफुल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्तिमा ५० प्रतिशत भन्दा बढीले कमि आएको कालिमाटी फलफुल तथा तरकारी बजारका थोक बिक्रेता भगवान चन्द्र उप्रेतीले बताए ।

उनले भने- ‘ देशभर निरन्तर वर्षा हुँदा तरकारीको उत्पादनमा कमि आउनुको साथै उत्पादित तरकारी समत बिग्रन जाँदा काठमाडौँमा तरकारीको आपूर्तिमा कमि आएको हो’।

आजभोलि भारत लगायत देशको बिभिन्न बाट दैनिक ५०० टनको हाराहारीमा तरकारी कालिमाटी बजारमा आएको बताए । एक महिना अघि लगभग ९०० टन तरकारी आउने गरेको उप्रेतीले बताए ।

आपूर्तिमा कमि आएपनि तरकारीको मूल्य भने बढ्न नसकेको बताउदै उनले भने- वर्षाले तरकारी बिग्रिदा बजारमा राम्रो तरकारी नभएको बताए ।

“बजारमा आएको तरकारी बिग्रिएको छ । उपभोक्ताहरु उपलब्ध भएको तरकारी किन्न मन नपराउनाले तरकारीको मूल्य बढ्न नसकेको हो ” उनले भने ।

बजारमा आपूर्ति भएको तरकारी निकै कम छ तर पनि मूल्य नसक्दा किसानहरु मर्कामा परेको बताउदै खेतमा तरकारीको उत्पादन कमि छ भएको बर्षाले बिग्रिदा किसानले ठुलो नोक्सानी बेहोर्नु परेको उप्रेतीले बताए ।

टनेलको गोलभेडा समेत प्रतिकिलो थोक मूल्य २० रुपैयाँ छ जुन धेरै कम भएको उनले बताए । थोक बजारमा प्रतिकिलो काउली ३० रुपैयाँ, बन्दा ३२ रुपैयाँ, भन्टा ३२ रुपैयाँ, मुला २० रुपैयाँ भएको उनले बताए ।

तर सिमि, भेडेखुर्सानीको आपूर्तिमा सारै कमि हुँदा मूल्य भने प्रतिकिलो ७० सम्म भएको बताए ।