राष्ट्र बैंकद्वारा आज पुन: ५ अर्बको रिपो जारी

March 24, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज आइतबार ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो ।

तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ ।

एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । आज जारी भएको रिपो चैत १७ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ ।
बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेलामा रिभर्स रिपो जारी गर्न लागिएको हो ।