हालसम्म ४३ प्रतिशत रोपाई, सबैभन्दा कम सप्तरीमा १५ प्रतिशत

July 13, 2018 |बासुदेव डोटेल

काठमाडौँ: देशभर लगभग ४३ दशमलब २८ प्रतिशत खेतमा धान रोपाई भएको छ ।

कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ६ लाख ७१ हजार ९१४ हेक्टर जमिनमा रोपाई भएको जनाएको छ । नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको छ ।

समयमा देशभर मनसून सुरु भएकोले रोपाई सन्तोषजनक भएको मन्त्रालयका सह प्रबक्ता शंकर सापकोटाले बताए ।
उनले भने- देशभर रोपाई राम्रै संगै चलिरहेको छ । किसानहरु रोपाईमा ब्यस्त भएका छन् । यो वर्ष गतवर्षको भन्दा राम्रो रोपाई हुने अनुमान गरिएको छ ।

यो वर्ष ९५ प्रतिशत भन्दा बढी धानखेती हुने जमिनमा रोपाई हुने मन्त्रालयले अपेक्षा गरेको उनले बताए ।

उच्च पहाडमा 46 दशमलब ६६ प्रतिशत ( २७ हजार १३७ हेक्टर), मध्य पहाडमा ४८ दशमलब ४८ प्रतिशत ( एक लाख ९३ हजर ७५० हेक्टर) र तराईमा ४१ दशमलब २० प्रतिशत ( ४ लाख ५१ हजार २७ हेक्टर) जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ ।

उच्च पहाडमा ५८ हजार १५८ हेक्टर, मध्य पहाडमा तिन लाख ९९ हजार ६७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिन धन खेतियोग्य छ ।

हालसम्म सबै भन्दा कम रोपाई धनुषा, मोरंग र सप्तरीमा जम्मा १५ प्रतिशत रोपाईं भएको छ ।
त्यसैगरी, जुम्ला र डोल्पामा सत प्रतिशत धान खति योग्य जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ । जुम्ला र डोल्पा क्रमस २,९०० हेक्टर र २०२ हेक्टर जमिन धान खेति योग्य छ ।