शव बोकेको हेलिकप्टर काठमाडौँ आउंदै

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याए पछि काठमाण्डौ ल्याउने तयारी गर्दै नेपाली सेना । तस्बिरः नारायण ढुंगाना, रासस
February 28, 2019 |Pahiloclick

सुकेटार: नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ उडेको छ ।

दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव बुधबार र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको हाम्रा समाचारदाता नारायण ढुङ्गानाले जनाएका छन् ।
–––