काठमाडौँबाट यार्सागुम्बासहित पक्राउ

February 19, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: महानगरीय प्रहरी वृत्त कमलपोखरीले मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले बा८९प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा कमलपोखरीबाट चितवनका सुजन थारूलाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका थारूसँग प्रहरीले ११८ वटा यार्सागुम्बा, ४३ हजार ५५० नेपाली रुपैँया, २० अमेरिकन डलर बरामद गरेको छ ।