प्रजातन्त्र दिवस मनाउँन ७३-सदस्सीय मूल समारोह र उपसमिति गठन

February 11, 2019 |Pahiloclick

काठमाडौँ: यसवर्षको ६९ औं राष्ट्रिय प्रजान्त्र दिवस यही फागुन ७ गते भव्यताका साथ मनाउन सरकारले ७३-सदस्सीय मूल समारोह र तीन उपसमिति गठन गरेको छ।

आज सिंहदरबारमा गृहमन्त्रालयमा मूल समारोह समितिको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ३० सदस्सीय मूल आयोजक समारोह समितिसहित अन्य तीन उपसमितिहरु गठन गर्दै दिवस भव्यताका साथ मनाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा प्रस्ताव गृह सचिव प्रेम कुमार राइले आफैले पढेर ओलीसमक्ष प्रस्तुत गरेका थिए। प्रस्ताव निकै राम्रो रहेको भन्दै कार्यक्रममा अन्त्यमा प्रम ओली प्रस्ताव पारित गरेका थिए। केहि संशोधन भए तपाईंहरु बसेर छलफल गरेर तयार गर्नुहोस, प्रधानमन्त्री ओलीले भने।

दिवसका लागि प्रचार प्रसार, मन्च सजावट तथा मन्च व्यवस्थापन, र ग्राउण्ड, कवाज, ब्यायाम व्यवस्थापन समन्यव उपसमिति गठन गरेको छ।

प्रचार प्रसार उपसमितिमा २२ सदस्सीय, मन्च सजावटका लागि ८-सदस्सीय , र ग्राउण्ड कवाज व्यवथापनका लागि १३ सदस्सीय उपसमिति गठन गरिएका छन् ।