राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै

January 27, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार टे«जरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।