मालढुङ्गामा बस दुर्घटनामा तीनको मृत्यु

January 17, 2019 |Pahiloclick

गलेश्वर: म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।

“दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेकोे तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुगेका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पु¥याइएको जनाइएको छ ।