नयाँ मर्यादाक्रम निर्धारण, जनप्रतिनिधि कर्मचारीभन्दा माथि (सूचीसहित)

January 10, 2019 |Pahiloclick

काठमाडौँ: सरकारले नेपाल विशेष सेवा (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

नयाँ सरकारी मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ ।

त्यस्तै नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत बुझाएका थिए ।

नयाँ मर्यादाक्रममा प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ । केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका छन् ।