बालाजुमा टिपर दुर्घटना: एकको मृत्यु, चारवटा ट्याक्सीमा क्षती

December 28, 2018 |Pahiloclick

काठमाडौं: बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सोहि टिपरले किचेर ४ वटा ट्याक्सीमा क्षति पुगेको छ।

मुड्खुभञ्ज्याङबाट एयरपोर्ट निर्माणका लागि लगिंदै गरेको माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नम्बरको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको, ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्की जन्ककारी दिए।

टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । कार्कीका अनुसार, घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बिसंखेको श्रीमती सान्नानी र नुवाकोट ककनी–५ का प्रज्ञारत्न लामा घाइते भएका छन् । प्रहरीका अनुसार बिसंखेको त्रिवि शिक्षण र लामाको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, टिपरको ठक्करबाट ४ ट्याक्सीमा क्षति पुगेको छ । क्षति पुगेका ४ ट्याक्सीमध्ये बा १ ज १९४१ नम्बरको ट्याक्सी पूर्णरुपमा क्षतविक्षत भएको कार्कीले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।