माटो बोकेको टिपरले दुईवटा ट्याक्सीलाई पुर्यो, दुईको अवस्था गम्भीर

December 28, 2018 |Pahiloclick

काठमाडौं: राजधानीको बालाजु बाइपासमा माटो बोकेको टिपर शुक्रबार बिहानै दुर्घटनामा परेको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी वृत, बालाजुका डिएसपी चिरन्जीवी कोइरालाका अनुसार टिपर ट्याक्सीसँग ठोक्किएको हो । दुर्घटनामा दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरुलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । माटोले पुरिएर मानवीय क्षति भएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयले अहिले घटनास्थलमा उद्दार गरिरहेका छन् ।

प्रहरीका अनुसार टिपरले दुईवटा ट्याक्सी र एउटा रिक्सालाई पुरेको छ । घटनाको थप विवरण आउन बाँकी ।