निसान“विन्टर फेष्ट अफर”योजना सार्बजनिक, गाडी खरिदमा पाँच लाखसम्म छुट पाउने

December 26, 2018 |Pahiloclick

काठमाडौँ: निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’को उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु Nissan X-Trail, Terrano, Navara, Sunny, Micra Active मा लागू हुने कम्पनीले जनाएको छ ।

निसान“विन्टर फेष्ट अफर”योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँच लाखसम्म छुट पाउन सक्नेछन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस बाट पनि ग्राहकहरु लाभान्वित हुन सक्ने जनाइएको छ ।

सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर”मार्फत अन्य थुप्रै सुविधाहरु पनि निसानले दिने कम्पनिले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्यबीमा (आफ्नो निकटतम परिवारका सदस्यहरुलाई) ३ वर्षको वारेन्टी र सर्भिसिङ र एक वर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्राप्तगर्ने छन् ।

पायोनियर मोटो कर्पकाअनुसार यो योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङकन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा रहनेछ ।यी सुविधाहरुमाशर्तहरु लागू हुनेछन् ।