वामदेवको उम्मेद्वारीबारे फेरी नेकपाभित्र रडाको

December 11, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

नेकपा सचिवालय बैठकमा काठमाडौँ – ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो ।

गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपालर झलनाभ खनाल भने मौन देखिएका छन् । तर पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रुपमै विरोधमा देखिएका छन् ।