नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा न्यौपाने चयन

December 2, 2018 |Pahiloclick

काठमाडौं: नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए ।
सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् ।

त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । संघको निवर्तमान अध्यक्ष दीपक खड्का हुन् ।

नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आगामी दिनमा अटो मेकानिक्सको हितका लागि थप प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाको उद्घाटन श्रम, रोजगार तथा समाज कल्याण मन्त्री गोकर्ण विष्टले गरेका थिए ।