इङ्ग्लिस प्रिमियर र लालिगा: रियल र चेल्सीको अन्तर्राष्ट्रिय ब्रेकपछि खराव शुरुवात

फोटो: सिन्हुवा: मारेक डोरीक
November 25, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: अन्तर्राष्ट्रिय ब्रेक पश्चात हिजोबाट शुरु भएको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटि, टोटेन्ह्याम, एभर्टन, फुलह्यामले आ-आफ्नो खेल जितेका छन् भने म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेशबीच र ब्रिटोन र लेस्टर सिटिले बराबरी खेलका छन्।

त्यस्तै लालिगाको पहिलो खेलमा रियल म्याड्रिड ३-० ले पराजित भयो भने एथलेटिको मड्रिड र वार्सिलोनाले बराबरी खेलेका छन्।

लिभरपुलले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो भने म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ४-० गोलले स्तब्द बनाउँदा चेल्सीले टोटेन्ह्यामलाई ३-१ नजिता सुम्पियो।

त्यस्तै, एभाटर्नले कार्डिफ सिटिलाई १-० ले पराजित गर्यो। भने फुल्ह्याम्ले सोउथह्याम्टनलाई ३-२ ले हराएको छ।

यस्तै, लालिगाको गएरातिको खेलमा इबरले रियल म्याड्रिडलाई ३-० ले हराएको छ।

लिग वानमा पियेस्जीको १४ खेलमा अपराजित यात्रा कायमै राखेको छ। हिजोको उसको १४ खेलमा टोलूजलाई हराएको हो।