डडेल्धुराको रडुवा खोलामा बस खस्यो: १३ जनाको मृत्यु, ३५ भन्दाबढी घाइते

November 22, 2018 |Pahiloclick

अमरगढी: डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।